श्रीलंकाद्वारा इन्धन बजारमा विदेशी प्रतिस्पर्धीलाई अनुमति दिने कानून पारित

श्रीलंकाद्वारा इन्धन बजारमा विदेशी प्रतिस्पर्धीलाई अनुमति दिने कानून पारित

एजेन्सी : श्रीलंकाले संसद्ले स्थानीय इन्धन बजारमा विदेशी प्रतिस्पर्धीलाई अनुमति दिने कानून पारित गरेको छ।

यो कदमले सन् १९६० को दशकको सुरुमा तेल कम्पनीहरूको राष्ट्रियकरणपछि पहिलो पटक अन्तर्राष्ट्रिय तेल कम्पनीहरूलाई श्रीलंकामा पुनः प्रवेश गर्ने मार्ग प्रशस्त गरेको छ।

यद्यपि भारतीय आयल कर्पोरेसनले सन् २००३ देखि नै त्यहाँ इन्धन आपूर्तिका लागि अनुमति पाउँदै आएको थियो। निर्णयअनुसार इन्धन बजारमा विदेशी प्रतिस्पर्धालाई अहिलेका लागि कम्तीमा एक वर्षको अनुमति प्रदान गर्नेछ।

अधिकारीहरूका अनुसार निजी कम्पनीहरूले आफ्नै विदेशी विनिमय भण्डारबाट तेल आयातका लागि वित्तपोषण गर्नुपर्नेछ र आफ्नो मुनाफालाई कम्तिमा एक वर्षको लागि श्रीलंकामा नै राख्न सहमत हुनुपर्नेछ।

इन्धनको चरम अभाव र कडा वितरणको बाध्यकारी अवस्था भएको श्रीलंकामा इन्धन आयातका लागि सरकारसँग विदेशी मुद्रा अभाव रहेकाले नयाँ कानून पारित गरिएको हो।

कात्तिक २, २०७९ बुधबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।