सुशान्तसिंहको मृत्युपछि विवादमा घेरिएकी रिया चक्रवर्ती जेलमा हुँदा कैदीहरूसँग नाचिन्
एजेन्सी: बलिउडका दिवङ्गत कलाकार सुशान्तसिंह राजपुतको मृत्युपछि सधैँ शंकाको घेरामा रहेकी थिइन् रिया चक्रवर्ती। सुशान्तकी पूर्वप्रेमिका समेत रहेकी रियाले आत्महत्या दुरुत्साहन गरेको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको थियो।
पछि ड्रग्स प्रकरणमा रियालाई एनसीबीले समेत सोधपुछका लागि बोलाएको थियो भने उनलाई मुम्बईको बायकुला जेलमा करिब २८ दिन राखिएको थियो।
अहिले भने रियासँग जेलमा रहेकी सुधा भारद्वाजले जेल जीवनको खुलासा गरेकी छिन्। मानवअधिकारवादी वकिल सुधालाई भीमा कोरेगाउँ मुद्दामा गिरफ्तार गरिएको थियो। जेलमा उनी र रियासँगै थिए। उनै सुधाले 'न्यूज लण्ड्री' नामको अन्तर्वार्तामा बताएअनुसार रिया जेलमा त्यहाँका कैदीसँग मिलेर बसेकी थिइन्।
अन्य कैदीसँग रियाको व्यवहार निकै राम्रो थियो। रियालाई त्यहाँ सबैले मन पराउँथे। कतिसम्म भने रिया जेलबाट रिहा हुने बेला त्यहाँका कैदीहरू उनलाई गेटसम्म छोड्न आएका थिए।
अनि सबैभन्दा रोचक कुरा त त्यहाँका कैदीहरूले अत्यन्तै चाहना राखेपछि रियाले नाचेकी पनि थिइन्। त्यहाँका कैदीहरूसँग उनले नाचेर समय बिताएकी थिइन्।
कात्तिक २, २०७९ बुधबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।