डलर बचाउन बंगलादेश सरकारले रद्द गर्याे नोरा फतेहीको कार्यक्रम
एजेन्सी : बलिउड कलाकार तथा डान्सर नोरा फतेहीको बंगलादेशको एक कार्यक्रम रद्द भएको छ।
महिला तेतृत्त्व निगमले आयोजना गरेको एक कार्यक्रममा प्रस्तुति दिन तय भएको कार्यक्रमलाई बंगलादेश सरकारले विदेशीलाई प्रस्तुतिका लागि ल्याउन अनुमति नदिएपछि कार्यक्रम नै रद्द भएकाे हाे।
बंगलादेश सरकारको संस्कृति मन्त्रालयले एक सूचना जारी गर्दै भनेको छ, ‘वैश्विक परिस्थितिलाई मध्यनजर राख्दै तत्कालका लागि विदेशी मुद्रा सञ्चित गर्न आवश्यक छ।’
विदेशी मुद्रा सञ्चितलाई बढावा दिन त्यहाँको केन्द्रीय बैंकले डलरमा भुक्तानी गर्नसमेत रोक लगाएको छ। त्यहाँको विदेशी मुद्रा सञ्चिति १२ अक्टोबरमा ३६.३३ बिलियन अमेरिकी डलर छ, जसले चार महिनाको आयात मात्र धान्न सक्छ।
कात्तिक १, २०७९ मंगलबार २१:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।