काेराेनापछि पहिलाेपटक नेपालबाहिर दुबईमा कन्सर्ट गर्दै नेपथ्य, टिकट मूल्य कति?

काेराेनापछि पहिलाेपटक नेपालबाहिर दुबईमा कन्सर्ट गर्दै नेपथ्य, टिकट मूल्य कति?

काठमाडौं : नेपाली सांगीतिक समूह नेपत्थ ब्यान्ड काेराेना महामारीपछिकाे पहिलो विदेश यात्रा युएईकाे दुबईमा गर्ने भएकाे छ।

आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड दुबई शहरमा तेश्रोपटक प्रस्तुत हुँदैछ। यस शहरमा आयोजित अघिल्ला कन्सर्टहरूमा अबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएकाे ब्यान्डले जनाएकाे छ।

कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो शहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबई एक्स्पो’का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुइ करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए।

नेपथ्यले २०१५ को महाभूकम्प लगत्तै आफूलाई यस शहरमा प्रस्तुत गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिति जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबई कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो।

अहिले हुन लागेकाे कन्सर्टको टिकट दुबई लगायत आसपासका क्षेत्रहरूमा समेत उपलब्ध गराइएको छ। स्थानीय आयोजकका अनुसार दुबईमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएइ दिरहम राखिएको छ।

कात्तिक १, २०७९ मंगलबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।