केदारनाथनजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

केदारनाथनजिकै हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित सात जनाको मृत्यु

एजेन्सी: प्रसिद्ध धार्मिकस्थल केदारनाथनजिकै हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथभन्दा दुई किलोमिटर पर गरुडचट्टीमा आज हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सवार सातै जनाको मृत्यु भएको छ।

खराब मौसम र बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ। हेलिकप्टर गुप्तकाशीबाट केदानरनाथतर्फ उडेको थियो।

दुर्घटनाग्रस्त हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिनपछि केदारनाथकै यात्रामा निस्कन लागेका छन्। उनी बद्रीनाथ पनि जाने कार्यक्रम छ। तर मौसम खराब भएको र दुर्घटना भएको परिदृश्यमा उनले अब यात्रा नगर्ने सम्भावना रहेको छ।

कात्तिक १, २०७९ मंगलबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।