एस एस राजामौलीले महेश बाबुलाई लिएर 'जेम्स बोण्ड' जस्तो फिल्म बनाउने
एजेन्सी: भारतीय चलचित्र उद्योगका अहिलेका चर्चित निर्देशक हुन्- एस एस राजामौली। 'बाहुबली', 'आरआरआर' जस्ता चलचित्र बनाएर राजामौली एउटा ब्राण्ड नै बनिसकेका छन्।
अहिले तिनै राजामौली नयाँ प्रोजेक्टमा लागिपरेका छन्। उनको प्रोजेक्टको नाम तय भइसकेको छैन। तर नयाँ बन्ने फिल्मका नायक भने महेश बाबु हुने निश्चित भएको छ।
महेश बाबु पनि दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित कलाकार हुन्। उनको नेपालमा पनि फ्यान फलोइङ अत्यधिक छ।
उनीहरू दुई जनाको नयाँ बन्ने चलचित्र 'बिग बजेट' हुने बताइएको छ। अरू त अरू चलचित्रको शुटिङ नै सुरु नभई दक्षिण भारतमा यसले तहल्का मच्चाइसकेको छ।
फिल्म सन् २०२३ को मध्यतिर प्रदर्शनमा आउनेछ। फिल्मको कथा सत्य घटनामा आधारित हुने बताइएको छ।
फिल्मका लेखक विजयेन्द्र प्रसाद हुनेछन। उनी राजामौलीका बुवा हुन्। उनैले बाहुबली र आरआरआरको कथा/पटकथा लेखेका थिए।
फिल्मको बारेमा राजामौलीले भनेका छन्, 'महेश बाबुसँग मेरो आउँदो चलचित्र संसारभर हेरिने एक्शन फिल्म हुनेछ। र यो, भारतीय इतिहास जोडिएको जेम्स बोण्ड र इण्डियाना जोन्स जस्तो हुनेछ।'
यसबीच महेश बाबुले चाहिँ उनको करियरकै सर्वाधिक महत्त्वपूर्ण मानिएको 'एसएसएमबी २८' मा काम गरिरहेका छन्। यसमा पूजा हेगडे नायिका छिन्।
कात्तिक १, २०७९ मंगलबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।