टिकटकबारे बाेल्दा-बाेल्दै स्टेजमै राेइन् रचना, विकास अर्यालले माफी मागे

टिकटकबारे बाेल्दा-बाेल्दै स्टेजमै राेइन् रचना, विकास अर्यालले माफी मागे

काठमाडौं : रचना रिमाल अहिलेकी व्यस्त गायिका। देश तथा विदेशको कार्यक्रममा उनी सधैं नै व्यस्त हुन्छिन्।

यसैक्रममा उनी अहिले कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरुष’को प्रचासप्रसारका लागि देश दौडाहमा छिन्।

आइतबार साँझ पोखरामा भएको कार्यक्रम गायिका रिमाल स्टेजमै राेएकी छन्। आफ्नाेबारेमा राेष्ट भएपछि उनले स्टेजबाटै त्यसकाे विराेध गरिन्। त्यसविरुद्ध आवाज उठाइन्।

भएकाे के थियाे ?

प्रचारप्रसार कार्यक्रमकाे सुरुमा कमेडियन विकास अर्यालले आफ्नो प्रस्तुति दिए। प्रस्तुतिका क्रममा उनले टिकटकमा लाइभ बस्ने र त्यसबाट आर्जन गर्नेहरूकाे इज्जत नहुने बताए।

त्यहि क्रममा उनले गायिका रिमाललाई पनि टिकटकमा बसेर इज्जत फालेको भन्दै रोष्ट गरे। उनको प्रस्तुतिपछि प्रस्तुति दिन आएकी रिमालले सुरुमा आफ्नो प्रस्तुति सकिन्।

अनि मञ्चमै रहेका राजाराम पौडेलसँग अनुमति मागेर भनिन्, ‘टिकटक चलाउँदैमा इज्जत चाहिँ जाँदैन है, उहाँ(विकास)को नाम पनि मलाई थाहा छैन, त्यो चाहिँ उहाँले अलिकति नराम्रै भनेजस्तो लाग्यो।’

यति भन्दै गर्दा उनको गला अवरुद्ध भइसकेको थियो। उनी धन्यवाद भनेर स्टेजबाट तल झरिन् र कलाकार राखिएको बसतर्फ आँसु खसाल्दै पुगिन्।

त्यसको केही समयपछि कमेडियन विकास अर्यालले राजाराम पौडेलेसँग समय मागेर गायिका रिमालसँग सार्वजनिक रूपमा क्षमा मागेका छन्। 

‘अघि मैले गरेको रोष्टका कारण रचना रिमालजीले चित्त दुखाउनुभएछ, त्यसका लागि धेरै धेरै सरी भन्न चाहन्छु,’ उनले भने, ‘कमेडीको विधामा रोष्ट चलिरहेको छ, माफ गरिदिनुहोला रचना जी, आई एम सो सरी फर द्याट।'

असोज ३१, २०७९ सोमबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।