इरानको इभिन जेलमा आगलागी, मृतकको सङ्ख्या आठ पुग्यो

इरानको इभिन जेलमा आगलागी, मृतकको सङ्ख्या आठ पुग्यो

एजेन्सी: तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको छ। कारागार आगलागीमा परी सुरुमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको थियो।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच शनिबार राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो। विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए। 

घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो। प्रतिवेदनअनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो।

अस्पताल भर्ना गरिएका घाइतेहरू चार जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको जनाइएको छ।

असोज ३१, २०७९ सोमबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।