'पीएस १' ले कमायो ४६१ करोड भारु, सर्वाधिक कमाउने दोस्रो तामिल फिल्म

'पीएस १' ले कमायो ४६१ करोड भारु, सर्वाधिक कमाउने दोस्रो तामिल फिल्म

एजेन्सी: प्यान इण्डियन तामिल फिल्म 'पीएस १' (पोन्नियिन सेल्वन- १) ले ४५० करोड भारुको आकडा कटाएको छ। संसारभरमा यो फिल्मले ४६१ करोड ग्रस कलेक्सन गरेको हो।

दिग्गज फिल्म निर्देशक मणि रत्नम र तामिल फिल्म उद्योगकै ड्रिम प्रोजेक्ट भनिएको यस फिल्मले प्रदर्शनको १७औं दिनमा यति कमाएको हो। भारतसहित विभिन्न देशका हलमा फिल्म अझै हाउसफुल चलिरहेको छ।

'पीएस १' ले हालसालै रिलिज भएको फिल्म 'विक्रम'को रेकर्ड पनि तोडेको छ। विक्रमले ४२६ करोड ग्रस कलेक्सन गरेको थियो। र विक्रमलाई उछिन्दै पीएस १ सर्वाधिक कमाउने दोस्रो तामिल फिल्म बनेको छ।

सर्वाधिक कमाउने पहिलो नम्बरको तामिल फिल्म चाहिँ रजनीकान्तको '२.०' हो। यसले करिब ६२५ करोड भारुको ग्रस कलेक्सन गरेको बताइएको छ।

हिन्दी बेल्टमा मात्र पीएस १ ले २४८ करोड भारु ग्रस कमाएको छ। यस्तै अमेरिकामा ५० करोड भारु कमाउँदै एउटै विदेशी मुलुकमा सर्वाधिक कमाउने तामिल फिल्मको रेकर्ड पनि पीएस १ ले बनाएको छ।

असोज ३१, २०७९ सोमबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।