३१ वर्षपछि फेरि एकसाथ काम गर्दै मणि रत्नम र रजनीकान्त
एजेन्सी: दक्षिण भारतीय र बलिउड फिल्मका ठूलो नाम हो- रजनीकान्त। उनी हाल जेलर नामको फिल्ममा काम गर्दैछन्।
अनि लिजेन्डरी फिल्म निर्देशक हुन्- मणि रत्नम। 'रोजा', 'दिल से', 'बम्बे', 'गुरु' जस्ता चलचित्र बनाएर उनले आफूलाई साबित गरिसकेका छन्। हालसालै मात्र उनले बनाएको 'पीएस १' ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
अब यी दुई सुपरस्टार निर्देशक र अभिनेता एकसाथ काम गर्ने भएका छन्।
यसअघि रजनीकान्तले फिल्म प्रोडक्सन कम्पनी 'दरबार मेकर्स'सँग दुई चलचित्रमा काम गर्ने सम्झौता गरेका थिए। पहिलो फिल्म सिबी चक्रवर्तीले निर्देशन गर्नेछन्। दोस्रो फिल्मका लागि भने निर्माताहरूले मणि रत्नमलाई ल्याउने भएका छन्।
आ-आफ्नो पूर्वनिर्धारित काम सकिएपछि यी दुई अब एकसाथ काम गर्ने भएका हुन्। यसअघि यी दुईले सन् १९९१ मा 'थलापति'मा सँगै काम गरेका थिए। त्यसबेला यस चलचित्र खुब हिट भएको थियो।
असोज ३१, २०७९ सोमबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।