स्वर्गयात्रामा सत्यमोहन [फोटोफिचर]
![स्वर्गयात्रामा सत्यमोहन [फोटोफिचर]](https://www.ukeraa.com/images/news/16659067991665906799.jpg )
काठमाडौं: संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज निधन भयो। १०३ वर्षको उमेरमा आज बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको हो।
अहिले जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। श्रद्धाञ्जली कार्यक्रममा किष्ट अस्पतालका कर्मचारी, जोशीका परिवारका सदस्य तथा महानगरका मेयर चिरिबाबु महर्जन लगायत छन्।
महानगर परिसरमा श्रद्धाञ्जली कार्यक्रम अपराह्न ४ बजेसम्म हुनेछ। त्यसपछि जोशीको शव किष्ट अस्पताललाई हस्तान्तरण गरिनेछ। अस्पतालले जोशीको शवमा शरीर नबिग्रने केमिकल प्रयोग गरी संरक्षण गरेर राख्नेछ।
किष्ट अस्पतालका प्रोफेसर डाक्टर किशोरसिंह बस्नेतले जोशीको शव अध्ययन प्रायोजनका लागि अस्पताल परिसरमै राखिने बताएका छन्।
जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब ६ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन्।मदन पुरस्कार गुठीका अनुसार जोशीले विसं २०१३, २०१७ र २०२८ मा गरी तीन पटक मदन पुरस्कार समेत पाएका थिए।
असोज ३०, २०७९ आइतबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।