टर्कीको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

टर्कीको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

एजेन्सी: टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ। सुरक्षा अधिकारीहरूका अनुसार गत शुक्रबार राति भएको सो विस्फोटमा परी आतइबार बिहानसम्ममा कम्तीमा पनि ४० जनाको ज्यान गएको छ।

टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए। विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि उनले जानकारी दिए।

सो दुर्घटनामा परेर घाइते भएकाहरूको उपचार जारी रहेको बताइएको छ। खानीमा विस्फोट भएपछि आगो लागेको थियो।

खानीभित्रै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको थियो भने अरू केहीलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो।

असोज ३०, २०७९ आइतबार १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।