‘प्राथमिक स्वास्थ्य हेरचाहमा मानसिक स्वास्थ्यलाई पनि समेट्नुपर्छ’

‘प्राथमिक स्वास्थ्य हेरचाहमा मानसिक स्वास्थ्यलाई पनि समेट्नुपर्छ’

काठमाडौं : क्लिनिकल साइकोलोजिष्ट डा. इरा नेइमले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषय समेट्नुपर्ने बताएकी छन्।

शनिबार नर्भिक इन्टरनेश्नल अस्पतालले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा नेइमले व्यक्तिको समग्र स्वास्थ्यका लागि शारीरिक तथा मानसिक दुवै पूर्ण रूपमा स्वस्थ हुनुपर्ने भन्दै प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक विषयलाई समेट्नुपर्ने बताइन्।

मानसिक समस्यालाई मनोवैज्ञानिक रूपमा नहेरिने लगायतका कारणले व्यक्ति मानसिक समस्यामा पर्दै जाने उनले बताइन्। शारीरिक समस्यालाई जसरी व्यक्तिको मानसिक समस्यालाई पनि ध्यान दिनुपर्नेमा उनको जोड छ।

मानसिक रोगलाई सामान्य रूपमा लिँदा समस्या बढ्दै जाने भन्दै डा. नेइमले मानिस मानसिक स्वास्थ्यका लागि पनि शारीरिक स्वास्थ्यलाई जति नै सचेत हुनुपर्ने बताइन्।

असोज २९, २०७९ शनिबार २२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।