युरोपेली संघ पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

युरोपेली संघ पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

एजेन्सी : जर्मन चान्स्लर ओलाफ सोल्सले युरोपेली संघको पुनःसंरचना गर्न माग गरेका छन्।

संघअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका हुन्।

जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उनले युरोपेली संघमा विस्तारै केही परिवर्तन आवश्यक भएको धारणा राखे।

विशेष गरेर विदेश नीति, कर प्रणाली, सैन्य सेवा, प्रशासनिक व्यवस्थालगायतका क्षेत्रमा केही संशोधन आवश्यक भएको उनको भनाइ थियो।
युरोपेली संघको स्वायत्तता, क्षेत्राधिकार तथा कार्य प्रणालीमा पनि सुधार हुनुपर्नेमा चान्स्लर सोल्सले जोड दिए।

असोज २९, २०७९ शनिबार २२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।