कमजोर फिल्म भए पनि २ नम्बरीको व्यापार ४ करोडमाथि
काठमाडौँ : फिल्म ‘२ नम्बरी’ को निर्माण टिमले एक सातामा चार करोड ४५ लाख ग्रस कलेक्सन भएको दाबी गरेको छ। फिल्म रिलिज भएको आठौँ दिनमा निर्माण टिमले व्यापारको आँकडा सार्वजनिक गरेको हो।
दीपेन्द्र लामाले निर्देशन गरेको सबैभन्दा कमजोर फिल्म भनेर आलोचना भइरहे पनि दयाहाङ राई र सौगात मल्लको जोडी हेर्न हलमा दर्शक आइरहेका छन्।
निर्माण टिमले सार्वजनिक गरेको आँकडामा फिल्मले काठमाडौँमा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगन्जमा १५ लाख, दमकमा १५ लाख र बिर्तामोडमा १४ लाखको कारोबार गरेको छ।
यसैगरी, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाख र अन्य विभिन्न हलबाट फिल्मले १५ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी छ।
लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ, सौगात, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ।
असोज २९, २०७९ शनिबार २०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।