डा. सौरभको उपचार अनुभव : वान्ता रोक्ने औषधि दिए लगत्तै युवती पुर्लुक्कै ढलिन्
सामान्यतया आफ्नो नजिकको नातेदारको शल्यक्रिया गर्ने तथा एनेस्थेसिया दिने चलन हुँदैन। तर, सशस्त्र प्रहरी बल अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. सौरभ श्रेष्ठले भने आफ्नै बुवालाई एनेस्थेसिया दिई बेहोस बनाएका छन्।
केही वर्षअघिको प्रसङ्ग हो उनका बुवा राजाराम श्रेष्ठलाई पेट दुख्यो। आँबु खैरेनीमा बस्ने बुवा आफैँ पनि चिकित्सक भएकाले औषधि खाए। तर, भोलिपल्ट अलि गाह्रो भएपछि बुवा काठमाडौं आए। छोराको सल्लाहमा सशस्त्र प्रहरी अस्पताल पुगे। अल्ट्रासाउण्ड गरेर हेर्दा पित्त थैलीमा पत्थरी भएको पत्ता लाग्यो। दुई दिन त्यहीँ भर्ना भएर उपचार गराए।
चिकित्सकको टिमले डा. सौरभका बुवाको केही हप्तापछि शल्यक्रिया गर्नुपर्ने योजना बनाएसँगै उनी अस्पतालबाट डिस्चार्ज भए। तर, घरमा बसिरहेको केही दिनमा फेरि अचानाक पेट दुख्यो। तुरुन्तै अस्पताल लगेर स्वास्थ्य परीक्षण गर्दा केही पत्थरी पित्त थैलीबाट निस्किएर प्यानक्रियाजमा गएको देखियो। जसले गर्दा प्यानक्रियाटाइटिस भयो। दुखाई बढ्यो।
त्यसैले डा. सौरभले फेरि सशस्त्र अस्पतालमा आईसीयूमा भर्ना गरेर राखे। यस्तो समस्याको भएको समयमा मृत्युदर ५० देखि ७० प्रतिशतसम्म हुन्छ भन्ने उनलाई थाहा थियो। त्यो बेला पनि शल्यक्रिया गर्न सम्भव थिएन। भाग्यवस बुवाको प्यानक्रियाटाइटिसको समस्या निको भयो। दश दिसम्म आईसीयूको उपचारपछि उनको बुवालाई वार्डमा सारियो। दुई हप्तामा अस्पतालबाट पुनः घर लिएर आए।
त्यसको केही हप्तापछि पुनः पित्त थैलीको शल्यक्रिया गर्ने योजना बन्यो। सोही अनुसार शल्यक्रियाका लागि बुवालाई लिएर डा. सौरभ सशस्त्र प्रहरी अस्पताल पुगे। भर्ना भएुसँगै चिकित्सकले शल्यक्रियाको तयारी गरे। शल्यक्रियाको लागि बेहोस बनाउनुपर्ने भयो। उनका सिनियरहरूले आफ्नै बुवालाई एनेस्थेसिया नदिएकै उचित भन्ने सल्लाह दिए।
उनका बुवाआमा र भाइ पनि संक्रमित भएर अस्पताल भर्ना भएका। उपचारकै क्रममा उनको एपेन्डिक्स फुटेर एपेन्डिसाइटिस भयो। तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो।
तर, डा. सौरभको भने मनले मानेन। उनी आफैं एनेस्थेसिया दिन शारीरिक तथा मानसिक रूपमा तयार भए। सम्पूर्ण तयारीपछि बुवालाई शल्यक्रिया कक्षमा लगियो। उनले बुवालाई एनेस्थेसिया दिएर बेहोस बनाए। शल्यचिकित्सकको टिमले बुवाको पित्तथैलीको पत्थरीको शल्यक्रिया थाल्यो। सफल भयो र पोष्ट अपरेटिभ वार्डमा सारियो।
बुवाको स्वास्थ्यमा सुधार हुँदै गयो। केही दिनको अस्पताल बसाइपछि घर फर्किए। आफ्नै बुवालाई एनेस्थेसिया दिएर ब्यूँताएर सफल उपचार भएको डा. सौरभको खुसीको त्यो क्षण शब्दमा वर्णन गर्न कठिन छ।
उनले भने, ‘म पनि चिकित्सक, बुवा पनि चिकित्सक। शल्यक्रिया कक्ष बाहिर बस्न मनले मानेन। एनेस्थेसिया दिएर बेहोस बनाइ बुवालाई ब्यूँझ्याएँ।’
श्रीमतीको सिजरियन सेक्शन गरेर बच्चा जन्माउँदा पनि आफू शल्यक्रिया कक्षमा बसेको उनले सुनाए। डा. सौरभकी श्रीमती शिलु श्रेठ पनि चिकित्सक हुन्। उनीहरूका दुई वर्षकी छोरी छन्।
पहिलो पटक कोरोना संक्रमितको उपचार गर्दाको त्यो क्षण
पहिलो पटक कोरोना भाइरस संक्रमित बिरामीलाई उपचार गरेको प्रसङ्ग डा. सौरभको मानसपटलमा ताजै छ। कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा एकदमै ठूलो त्रास थियो। संक्रमित मात्र होइन चिकित्सकहरूसमेत डराएका थिए। त्यही बेला डा. सौरभ कोरोना संक्रमितको उपचार तथा आईसीयू व्यवस्थापनमा खटिएका थिए।
पहिलो पटक उनले करिब ४५ वर्षका कोरोना संक्रमित बिरामी उपचार गरे। सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका ती कोरोना संक्रमितलाई निमोनियाको संक्रमण पनि तीव्र गतिमा बढ्यो। जसले श्वासप्रश्वासमा समस्या देखियो। बिरामी बेहोस भएपछि आईसीयू तथा भेन्टिलेटरमा राखियो। एक हप्ताको उपचारपछि बिरामी होसमा आए र बाँचेर घर फर्किए। आफूले पहिलो पटक कोरोना संक्रमितको उपचार गरेको त्यो क्षण डा. सौरभका लागि यादगर बन्यो।
त्यो बेला सशस्त्र प्रहरी नेतृत्त्वले लिएको तदारुकताका कारण नै धेरै कोरोना संक्रमितको उपचार गरी ज्यान बचाउन सफल भएकाले उनी प्रहरी नेतृत्त्वप्रति कृतज्ञ छन्।
मृत्युको मुखबाट बाँचेकी कोरोना संक्रमित युवतीको शल्यक्रिया
कोरोना संक्रमित युवतीको एपेन्डिसाइटिसको शल्यक्रियाका लागि बेहोस बनाएर ब्यूँताएको प्रसङ्ग पनि डा. सौभर कहिल्यै भुल्दैनन्।
करिब २२ वर्षकी युवती कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी अस्पताल भर्ना भइन्। उनका बुवाआमा र भाइ पनि संक्रमित भएर अस्पताल भर्ना भएका। उपचारकै क्रममा उनको एपेन्डिक्स फुटेर एपेन्डिसाइटिस भयो। एपेन्डिक्स फुटेपछि उनको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो।
कोरोना संक्रमणको अवस्थामा शल्यक्रिया गर्नु आफैँमा जोखिम थियो। तर, चिकित्सकको टिम त्यो जोखिम लिन बाध्य थिए। किनकी शल्यक्रिया नगरे ती युवतीको ज्यान जान्थ्यो। तयारीपछि युवतीलाई शल्यक्रिया कक्ष लगियो। डा. सौरभको टिमले ति युवतीलाई एनेस्थेसिया दिएर बेहोस बनायो। शल्य चिकित्सकले सफल शल्यक्रिया गरेपछि ब्यूँत्याइयो। भेन्टिलेटरमा राखियो। बिस्तारै स्वास्थ्यमा सुधार हुँदै गएपछि युवती र उनको परिवार डिस्चार्ज भए।
आफूलाई बचाउने चिकित्सकको टिमप्रति ती युवतीको परिवार निक्कै कृतज्ञ भएको सम्झन्छन् डा.सौरभ। अहिले उनलाई युवतीको परिवारले आफ्नै परिवारको सदस्यजस्तै व्यवहार गर्छन्। युवतीले उनलाई दाइसरह मानेकी छन्। अहिले पनि त्यो परिवारसँग बेला–बेलामा कुरा हुने गरेको डा. सौरभले खुसी हुँदै सुनाए।
श्रीमती गुमाउँदा पनि डाक्टरप्रति कृतज्ञ हुने ती पुरुष
त्यसो त उपचारपछि सबै बिरामी बाँच्छन् नै भन्ने एकिन हुँदैन। डा. सौरभले उपचार गरेकामध्ये कतिपय बिरामी फर्किएका छैनन्। कोरोना संक्रमित महिलालाई फर्काउन नसकेको एउटा घटना उनले सुनाए।
कोरोनाको पहिलो लहरमा संक्रमित करिब ४० वर्षकी महिलालाई अछामतिरबाट हेलिकप्टरमार्फत उपचारका लागि सशस्त्र अस्पताल पुर्याइयो। संक्रमणकै कारण अवस्था जटिल बनिसकेको थियो। उपचार भइरहँदा महिलाका श्रीमान् भने श्रीमती निको हुन्छिन् र घर लिएर फर्कने भनेर कुरिरहेका थिए।
चिकित्सकको टिमले भएसम्मको औषधि उपचार गर्यो। तर, केही चलेन। चिकित्सकको मेहनत निरर्थक बन्यो। हर प्रयास गर्दा पनि महिलालाई बचाउन सम्भव भएन। उपचारकै क्रममा महिलाको मृत्यु भयो। तर, अस्पतालमा कुरिरहेका श्रीमान्को श्रीमतीलाई घर लिएर फर्कने सपना सफल भएन।
दुई दिनपछि युवतीको होस आयो। कसै–कसैलाई वान्ता रोक्ने औषधिले हृद्यघात हुने जोखिम हुने रहेछ भन्ने उनले बुझे।
पिपिई लगाएको सेनाले श्रीमतीको शव, व्यवस्थापनका लागि लिएर गयो। उनी शव वाहनको पछिपछि गएको नजिकबाट नियालेका डा. सौरभलाई त्यो दृश्यले असैह्य बनायो। जुन घटनाले अहिले पनि उनको मन कटक्क खान्छ। झसङ्ग हुन्छ।
महिलाको मृत्युको खबर सुनाउनै कठिन भएको डा. सौरभ सम्झन्छन्। तर, उनका श्रीमान्ले श्रीमती गुमाए पनि उपचारमा खटिने चिकित्सकको टिमप्रति निरास मुद्रामा नै भएपनि कृतज्ञता व्यक्त गरेको डा. सौरभ सम्झन्छन्। उनले भनेका थिए, ‘तपाईंहरूले प्रयास गरेकै हो, नभएपछि के गर्नु?’
केही हप्ता अघि मात्रै पनि काठमाडौं आएको समयमा आफूलाई ती पुरुषले भेटेको उनले सुनाए।
त्यसो त उनले उपचार गरेकामध्ये चिनेजानेका व्यक्तिको समेत कोरोना संक्रमणका कारण मृत्यु भयो। कोरोना संक्रमित उनकै फूपु हजुरआमा (हजुरबुवाकी बहिनी)लाई आफैँले उपचार गरे पनि बचाउन नसकेको उनी सम्झिन्छन्।
सशस्त्रकै जवानले ‘मलाई ठिक छ सर’ भन्दाको आनन्द
केही वर्ष अघिको प्रसंग हो। सशस्त्रकै एक जना जवान बिरामी पेट दुखेर राति आकस्मिक रूपमा अस्पताल भर्ना भए। स्वास्थ्य परीक्षण गर्दा एपेन्डिक्स पाकेर फुटिसकेको थाहा भयो। शरीरमा संक्रमण फैलिसकेकाले बिरामी बेहोसी अवस्थामा पुगिसकेका थिए। उनको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो। डा. सौरभको टिमले एनेस्थेसिया दिएर बेहोस बनाए। शल्य चिकित्सकको टिमले शल्यक्रिया गर्यो र सफल पनि भयो।
ब्यूँताएपछि उनलाई पोष्ट अपरेटिभ वार्डमा सारियो। भोलिपल्ट बिहान डा. सौरभ शल्यक्रिया गरेका ती जवानको बेडमा पुगे। उनले जवानलाई सोधे– के छ?
अस्पतालको बेडमा पल्टिरहेका जवानले मुस्कुराउँदै भने– ‘मलाई ठिक छ सर।’ आफूले बेहोस बनार ब्यूँत्याइएका ति बिरामीले भनेको त्यो वाक्य सम्झँदा डा. सौरभलाई आनन्द लाग्छ।
आधा बेहोस बनाएको बिरामीको त्यो प्रसङ्ग
एमडी अध्ययन गरिरहेको समयको एउटा प्रसङ्ग कहिल्यै भुल्दैनन् डा. सौरभ।
करिब ५० वर्षका पुरुषको मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गर्नुपर्ने थियो। सबै तयारीपछि उनलाई शल्यक्रियाका लागि लगियो। डा. सौरभले सिनियरको निगरानीमा ति बिरामीलाई एनेस्थेसिया दिएर कम्मर भन्दा मुनिको भाग लठ्याए। कम्मरभन्दा तल लठ्याउने विधिलाई चिकित्सकिय भाषामा स्पाइनल एनेस्थेसिया भनिन्छ।
केही महिना उनले अनुशासन, हातहतियार चलाउने लगायतका तालिम लिए। अस्पतालभित्र बिरामी बचाउन खटिने उनलाई हातहतियार चलाउँदा सुरुमा त अनौठो लाग्यो। पछि बानी पर्दै गयो।
तर, कम्मरभन्दा तलको भाग मात्रै लठ्ठिनुपर्ने अवस्थामा बिरामीको शरीरको कम्मर भन्दा माथिल्लो भाग पनि लठ्ठिदै गयो। मुटुको तहसम्म लठ्ठियो। श्वासप्रश्वासमा समेत एनेस्थेसियाको असर देखियो। जसले गर्दा बिरामीको मुटुको चाल नै गडबडि हुन थाल्यो। त्यसैले हत्तपत्त बिरामीलाई पूरा बेहोस बनाउनुपर्यो। कहिलेकाहिँ यस्तो समस्या निम्तने उनले सुनाए।
शल्यक्रिया गर्न मिल्ने निस्कर्षमा पुगेपछि शल्यचिकित्सकको टिमले ती ५० वर्षे बिरामीको शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो। बिरामी बाँचेर घर फर्किए। त्यो घटनाबाट शल्यक्रिया कक्षमा जतिखेर पनि एनेस्थेसियोलोजिष्ट चनाखो हुनुपर्ने थप ज्ञान सिके डा. सौरभले।
त्यो दिन त्यहाँ नभएको भए...
एमडी अध्ययनकै क्रममा एक पटक बिरामीको राउन्डमा थिए डा. सौरभ। वार्डमा बिरामीको घाँटीबाट तार राख्नुथियो। उनी तार राख्ने तयारीमा थिए। नजिकैको अर्को बेडमा करिब २२ वर्षकी युवती उपचाररत थिइन्। उनी निमोनियाका कारण अस्पताल भर्ना भएकी थिइन्।
ती युवतीलाई नर्सको टिमले वान्ता रोक्ने औषधि दिए। तर, औषधि पाउनासाथ उनी ढलिन्। उनी ढलेपछि डा. सौरभ हतार–हतार आफूले तार राख्न तयारी गरेको बिरामी छाडेर ढलेकी बिरामी भएको ठाउँ पुगे। बिरामीको मुटुको चाल बन्द भएछ। तुरुन्तै डा. सौरभले बिरामीको सीपीआर गरे। भेन्टिलेटरमा राखियो।
दुई दिनपछि युवतीको होस आयो। कसै–कसैलाई वान्ता रोक्ने औषधिले हृद्यघात हुने जोखिम हुने रहेछ भन्ने उनले बुझे। त्यो दिन आफू त्यहाँ नभएको भए बिरामी के हुन्थिन् होला भन्ने अहिले पनि बेला–बेलामा सोच्छन् उनी।
गोरखाली डाक्टर
गोरखाको गोरखा नगरपालिकास्थित पोखरीथोकमा जन्मिएका हुन् सौरभ। उनले गोरखाबाट २३ किलोमिटर वारी तनहुँको आँबुखैरेनीस्थित ‘मर्स्याङ्दी बाल ज्योति आवासीय विद्यालय’बाट २०५९ मा एसएलसी उत्तीर्ण गरे। काठमाडौंको निस्ट कलेटमा प्लस टु अध्ययन गरेपछि उनको चिकित्सकीय यात्रा सुरु भयो।
सन् २००६ मा बंगलादेशको ढाका विश्वविद्यालयको ‘कम्युनिटि बेस्ड मेडिकल कलेज’मा एमबीबीएस अध्ययनका लागि भर्ना भएर सौरभ पाँच वर्षमा अध्ययन पूरा गरेर सन् २०११ मानेपाल फर्किए। त्यसपछि उनलाई विदेश बस्न मन लागेन। परिवारको सल्लाहमा सरकारी जागिर खाने अठोट लिए।
नभन्दै डा. सौरभले सशस्त्र प्रहरी बल अस्पतालमा चिकित्सकको रूपमा भर्ति हुने अवसर पाए। उनी २०७० मा प्राविधिक सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) का रूपमा सशस्त्र प्रहरी अस्पतालमा प्रवेश गरे। त्यहाँ उनी कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्टका रूपमा कार्यरत छन्। उनको दर्जा डिएसपी हो।
त्यसो त उनलाई सेना, प्रहरीको अनुशासन देख्दा बडो रमाइलो लाग्थ्यो रे। त्यसैले पनि आफूले सशस्त्रमा जागिर खाएको उनले सुनाए। सशस्त्रमा भर्ना भइसकेपछि उनको तालिम सुरु भयो। अस्पतालमा बिरामीको उपचारमा खटिने उनले अधिकृतले गर्नैपर्ने आधारभूत तालिम गरे।
केही महिना उनले अनुशासन, हातहतियार चलाउने लगायतका तालिम लिए। अस्पतालभित्र बिरामी बचाउन खटिने उनलाई हातहतियार चलाउँदा सुरुमा त अनौठो लाग्यो। पछि बानी पर्दै गयो। आधारभूत तालिमपछि उनी अस्पतालको काममा फर्किए। भनिन्छ बनको काँडो तिखारिनै रहनुपर्छ। त्यसैले सैन्य ज्ञान तथा सीपका लागि बेला–बेलामा यस्ता तालिम हुन्छन्।
जागिर सुरु भएको केही महिनामा नै डा. सौरभ लाइबेरिया शान्ति मिशनमा छनोट भए। नेतृत्त्वले त्यहाँ उनलाई कन्टिजेन्ट मेडिकल कमान्डरका रूपमा छनोट गरेर पठायो। त्यो बेला इबोला फैलिएको समय थियो। उनले त्यही बेला हो पीपीई लगाउन राम्ररी सिकेको। ६ महिनापछि २०७२ वैशाख १२ गतेको भूकम्पको अघिल्लो दिन उनी नेपाल फर्किए।
त्यसपछि भूकम्पको समयमा उनी अस्पतालमा नै खटिए। त्यसपछि फेरि उनलाई सशस्त्र प्रहरी नेतृत्त्वले लाइबेरिया शान्ति मिसनमा पठायो। दोस्रो पटक त्यहाँ बसेर एक वर्ष काम गरे। त्यहाँ जिम्मेवारी पूरा भएपछि उनी नेपाल फर्के।
त्यसपछि, सन् २०१६ मा डा. सौरभले एनेस्थेसिया एण्ड क्रिटिकल केयर विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा स्नातकोत्तर तह एमडी अध्ययन थाले। अध्ययनपछि पुनः सशस्त्र अस्पताल फर्किए।
डा. सौरभको काम विशेषगरी शल्यक्रिया कक्षमा नै हुन्छ। उनको काम शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्यूँत्याउने मात्रै हैन। बिरामीको स्वास्थ्य अवस्था शल्यक्रियाका लागि बेहोस बनाउन मिल्छ वा मिल्दैन, बेहोस बनाएर ब्यूँत्याउन सकिन्छ वा सकिँदैन भन्ने समेत उनले निर्क्योल गर्नुपर्ने हुन्छ।
विशेषगरी शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्यूँत्याउनेदेखि पोष्ट अपरेटिभ वार्डमा बिरामीलाई सारिसकेपछि समेत बिरामीको निगरानी गर्नु उनको दैनिकी हो। शल्यक्रियाको क्रममा बिरामीको मुटुको चाल, रक्तचाप, अक्सिजन, पिसाब, सुगरको तहलगायतको व्यवस्थापन एनेस्थेसियोलोजिष्टले गर्नुपर्ने हुन्छ। त्यसैले त एनेस्थेसियोलोजिष्ट चिकित्सकलाई इन्ट्रा अपरेटिभ फिजिसियन समेत भनिन्छ।
शल्यक्रियाको क्रममा बिरामीलाई दुखाई नहोस् भनेर बेहोस बनाई शल्यक्रिया गरिन्छ। शल्यक्रयाको सहजताका लागि बिरामीलाई बेहोस बनाउने जिम्मेवारी भने एनेस्थेसियोलोजिष्टको हुन्छ। जुन डा. सौरभको काम र धर्म हो। बिरामीको शल्यक्रिया गर्नुपर्ने प्रकृति अनुसार बिरामीलाई पूरै वा शरीरको कुन ठाउँको शल्यक्रिया गर्नुपर्ने हो त्यही ठाउँमा आंशिक मात्रै बेहोस बनाइने उनले सुनाए।
असोज २९, २०७९ शनिबार १८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।