रिलिजअघि नै ५० कराेड नाफामा शाहरुख खानकाे फिल्म
एजेन्सी : बलिउड अभिनेता शाहरुख खान अभिनित पछिल्लो फिल्म ‘जवान’ रिलिजअघि नै नाफामा गएको छ।
३ सय करोडको लागतमा निर्माण भएको फिल्मले रिलिजअघि नै ५० करोड नाफा कमाइसकेको छ। फिल्मको स्याटेलाइट्स अधिकार २ सय ५० करोडमा बिक्री हुँदा ओटीटी अधिकारी अमेजन प्राइमले १ सय करोड रूपैयाँमा किनेको छ।
शाहरुख खान र दक्षिण भारतीय अभिनेत्री नयनताराको मुख्य भूमिका रहेको फिल्मलाई एटली कुमारले निर्देशन गरेका हुन्।
फिल्ममा खान दोहोरो भूमिकामा रहेका छन् भने नयनतारा प्रहरी अधिकृतको भूमिकामा देखिएकी छन्। खान र नयनताराका अलाव सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि चलचित्रमा अभिनय छ।
यसअघि खान धेरै चलचित्रमा अतिथि भूमिकामा देखिएका उनले कोरोनाअघि ‘जीरो’ फिल्ममा मुख्य भूमिकामा रहेर काम गरेका थिए। लामो समयको ब्रेकपछि अब सन् २०२३ मा खानको तीन ठूला चलचित्र ‘पठान’, ‘जवान’ र ‘डङ्की’ रिलिज हुँदैछन्।
‘जवान’ फिल्म २०२३ को जुन २ मा रिलिज हुनेछ।
असोज २९, २०७९ शनिबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।