मुम्बईमा कडा नियम: कारको पछाडिको सिटमा बस्नेले पनि अनिवार्य सिट बेल्ट लाउनुपर्ने

मुम्बईमा कडा नियम: कारको पछाडिको सिटमा बस्नेले पनि अनिवार्य सिट बेल्ट लाउनुपर्ने

एजेन्सी: भारतको मुम्बईमा नोभेम्बरदेखि कारको पछाडिको सिटमा बस्नेहरूले पनि अनिवार्य सिट बेल्ट लगाउनुपर्ने भएको छ। गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्त्व बढेको भन्दै मुम्बई ट्राफिक प्रहरीले यस्तो निर्णय गरेको हो।

यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो।

मुम्बई ट्राफिक प्रहरीका अनुसार नयाँ नियमको पालना नगरेमा दण्ड सजाय हुनेछ। भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो।

जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २७९ जना घाइते भएका छन्।

असोज २९, २०७९ शनिबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।