टर्कीमा कोइला खानीमा विस्फोट, २८ जनाको मृत्यु, दर्जनौँ खानीमै फसे

टर्कीमा कोइला खानीमा विस्फोट, २८ जनाको मृत्यु, दर्जनौँ खानीमै फसे

एजेन्सी: टर्कीको एक कोइला खानीमा विस्फोट हुँदा हालसम्म २८ जनाको मृत्यु भएको छ। खानीभित्रै दर्जनौँ व्यक्ति फसेको बताइएको छ।

टर्कीको बार्टिन प्रान्तमा अवस्थित खानीमा शुक्रबार भएको विस्फोटको बेला करिब ११० व्यक्ति रहेको बताइएको छ। तीमध्ये करिब आधा व्यक्ति ३०० मिटरभन्दा पर रहेका थिए।

टर्कीका स्वास्थ्यमन्त्री फारेत्तिन कोकाले ११ जनालाई हालसम्म उद्धार गरिएको बताएका छन्। उद्धारकर्ताहरूले रातभर चट्टान पन्छाउँदै फसेका व्यक्तिको खोजतलास गरेका थिए।

विस्फोट ३०० मिटर गहिराइमा भएको विश्वास गरिएको छ। त्यसबेला करिब ४९ जना व्यक्ति ३०० देखि ३५० मिटरको जोखिम क्षेत्रमा काम गरिरहेका थिए।

विस्फोटको कारण हालसम्म पत्ता लागेको छैन। यसबारे अनुसन्धान जारी गरिसकिएको छ।

असोज २९, २०७९ शनिबार १०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।