बाहुबली स्टार प्रभास र केजीएफका निर्देशक प्रशान्त नीलले किन हेरे 'कांतारा' ?
एजेन्सी: बाहुबली स्टार प्रभास र केजीएफ फिल्मका निर्देशक प्रशान्त नीलले हालसालै 'कांतारा' फिल्म हेरे। प्रभास अहिले 'सालार' र 'प्रोजेक्ट के' जस्ता फिल्ममा व्यस्त छन्। र पनि समय निकालेरै यो फिल्म हेरे।
यस साता 'गडफादर' र 'डक्टर जी' जस्ता भारतीय फिल्म पनि रिलिज भए। तर दर्शकको रोजाइ कांतारा नै छ। अनि प्रभास र प्रशान्तले पनि कांतारा नै रोज्दा फिल्ममा केही खास छ कि भन्ने गाइँगुइँ पनि चलेको छ।
तर खास कारण चाहिँ अलि फरक छ। कारण हो- प्रभास अभिनित र प्रशान्त नील निर्देशित फिल्म 'सालार'का निर्माता र कांताराका निर्माता एकै हुन्।
हिन्दीसहित तेलुगुमा डब गरिएको कन्नड फिल्म हो कांतारा। कन्नड भाषामा थुप्रै रेकर्ड बनाएको यस फिल्मले तेलुगु डबमा पनि रेकर्ड बनाउने निर्माताहरूले जनाएका छन्। समीक्षकहरूबाट पनि यसले राम्रो समीक्षा पाएको छ।
असोज २९, २०७९ शनिबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।