प्यूठान निर्वाचन: दुर्गा पौडेललाई गठबन्धनकै भर, जनमोर्चाको च्यानल तोडेको भन्दै सूर्य थापालाई छैन डर
बुटवल: एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा यस पटक सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र एमालेबाट सूर्य थापा चुनावी मैदानमा छन्। थापा पहिलो पटक संसदीय निर्वाचनको अनुभव लिँदै छन् भने पौडेल तेस्रो पटक सांसद बन्ने योजनामा छिन्।
पौडेललाई तेस्रो पटक सांसद बन्नबाट थापाले रोक्लान्? यो यसै भन्न सक्ने अवस्था भने छैन।
ठाडो बोलीका कारण बेलाबेलामा विवाद र चर्चामा आइरहने व्यक्ति हुन् थापा। उनी आफूलाई एमालेको चौथो पुस्ताको नेता भन्न रुचाउँछन्।
कतिपयले आलोचना गर्दा उनलाई छुद्र स्वभावको व्यक्ति भन्छन्। मन पराउनेले थापा निडर र हक्की स्वभावका छन् भन्छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार समेत भएका ४८ वर्षीय थापा प्यूठानबाट प्रतिनिधि सभा निर्वाचन जितेर राष्ट्रिय राजनीतिमा उदाउन खोज्दै छन्।
उनी पार्टीका पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज समेत हुन्। कतिपयले आलोचना गर्दा उनलाई छुद्र स्वभावको व्यक्ति भन्छन्। मन पराउनेले थापा निडर र हक्की स्वभावका छन् भन्छन्।
उनी स्वम् छुच्चो बोली धेरैलाई मन नपर्ने भए पनि यर्थाथ र सत्य बोल्ने र लेख्ने गरेको बताउँछन्।
कुनै बेला जनमोर्चाको पकड क्षेत्र भनिएको प्यूठानमा पछिल्लो समय जनमोर्चा कमजोर बन्दै गएको छ। ०७४ सालको निर्वाचनमा बाम गठबन्धनकै मतले विजयी भएकी पौडेललाई यस पटक सत्ता गठबन्धनको साथ भएकाले विजय निश्चित जस्तै भएको दावी गर्दै आएकी छिन्।
प्यूठानको झिमरूक गाउँपालिका–१ का थापा जिल्ला इन्चार्ज भएपछि जिल्लामा पार्टी र संगठन बनाउन लागे। फलस्वरूप एमालेबाट टिकट पाए।
त्यसमाथि स्थानीय तहको निर्वाचनमा प्यूठानमा एमालेले प्राप्त गरेको सफलताबाट उनी थप हौसिएका छन्।
०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी दुर्गा पौडेललाई विजयी बनाउन मोर्चाको अग्रभागमा थिए उनका अहिलेका प्रतिस्पर्धी थापा।
कुनै बेला जनमोर्चाको पकड क्षेत्र भनिएको प्यूठानमा पछिल्लो समय जनमोर्चा कमजोर बन्दै गएको छ। ०७४ सालको निर्वाचनमा बाम गठबन्धनकै मतले विजयी भएकी पौडेललाई यस पटक सत्ता गठबन्धनको साथ भएकाले विजय निश्चित जस्तै भएको दावी गर्दै आएकी छिन्।
स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मत हेर्ने हो भने प्यूठानमा गठबन्धन एमालेभन्दा अघि छ।
जिल्लामा पालिका प्रमुखको मतपरिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ। एमालेको ३९ हजार १२८ मत छ। यो आधारमा एमाले प्यूठानमा नौ हजार ४३ मतले पछि छ।
प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ। जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत पाएको छ। १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ।
त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले एक हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले एक हजार ३२२ मत प्राप्त गरेको छ।
जनमोर्चाको प्रभाव देखिएको पार्टीका महामन्त्री मोहनविक्रम सिंहको जन्मथलो झिमरुक गाउँपालिकामा गत स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेको छ। त्यहाँ माओवादी र कांग्रेसबीच गठबन्धन थियो। यही कारण पनि दुर्गा पौडेल जिल्लामा बलियो रहेको उनी निकट नेताहरू बताउँछन्।
त्यसमाथि पौडेल महामन्त्री सिंहकी श्रीमती हुन्।
जिल्लामा पालिका प्रमुखको मतपरिणामअनुसार गठबन्धनको ४८ हजार १७१ मत छ। एमालेको ३९ हजार १२८ मत छ। यो आधारमा एमाले प्यूठानमा नौ हजार ४३ मतले पछि छ।
यता थापा भने बीचमा एमाले प्रवेश गर्नेहरूको लहरले आफ्नो जित निश्चित जस्तै भएको बताउँछन्।
यस पटक कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने घोषणा समेत गरेकाले स्थानीय तहको भन्दा फरक परिस्थिति जिल्लामा बनेको पनि कतिपय बताउँछन्। जिल्लामा गठबन्धन ह्विपको पूर्ण पालना हुनेमा जनमोर्चा समेत विश्वस्त छैन। गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएमा यसको फाइदा थापालाई हुनेछ।
‘पालिका प्रमुखको मत हेर्दा एमाले पछि देखिए पनि समग्रमा एमाले प्यूठानमा विजयी हुने निश्चित जस्तै छ। वैशाखदेखि जिल्लामा ६० जना जिल्ला तहका नेताहरू पार्टीमा प्रवेश गरेका छन्। जनमोर्चाको च्यानल नै तोडेर एमालेमा प्रवेश गराउन सफल भएका छौँ। त्यस कारण एमाले डराउँदैन। त्यति मात्र होइन, गठबन्धनभित्र चरम असन्तुष्टिको फाइदा हामीले लिन्छौँ’, थापाले भने।
यसबीच राष्ट्रिय जनमोर्चाको गढ प्यूठानमा विस्तारै तोडिँदै गएको छ। मोहनविक्रम सिंहको साथमा उनका छोरी ज्वाइँ समेत छैनन्। उनीहरू एमाले प्रवेश गरेका छन्।
जिल्ला तहका नेताहरू अर्जुन विक, मोहन रोका लगायत पनि एमालेमा गइसकेका छन्।
सिंहका भाइ पर्ने सुरेन्द्र जीसी पनि एमालेमा छन्। सिंहकी बहिनी अजिता सिंह ढकाल, ज्वाइँ योगेन्द्र ढकाल एमाले प्रवेश गरेका छन्।
त्यसमाथि यस पटक कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पौडेललाई भोट नदिने घोषणा समेत गरेकाले स्थानीय तहको भन्दा फरक परिस्थिति जिल्लामा बनेको पनि कतिपय बताउँछन्। जिल्लामा गठबन्धन ह्विपको पूर्ण पालना हुनेमा जनमोर्चा समेत विश्वस्त छैन। गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएमा यसको फाइदा थापालाई हुनेछ।
डा. पोखरेल उनै नेता हुन् जो २०७४ सालको निर्वाचनका पौडेलसँग पराजित भएका थिए।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पोखरेलले गठबन्धनका कारण यस पटक कांग्रेसबाट टिकट पाउन सकेनन्।
यता, प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको प्यूठानको क्षेत्र नम्बर ‘क’मा गठबन्धनको तर्फबाट नेता कृष्ण अधिकारी ‘प्रकाश’ उम्मेदवार छन् भने उनको प्रतिस्पर्धी एमालेको तर्फबाट तुलसीराम शर्मा छन्।
क्षेत्र नम्बर ‘ख’मा एमालेको तर्फबाट हरिप्रसाद रिजाल उम्मेदवार छन् भने गठबन्धनको तर्फबाट कांग्रेसका रोज राणा ‘सरोज थापा’ उम्मेदवार छन्।
राणा कांग्रेस प्यूठान क्षेत्र नम्बर २ का सभापति हुन् भने रिजाल एमालेका केन्द्रीय सदस्य तथा प्यूठान सह–इन्चार्ज हुन्।
यसअघि, २०७४ सालको निर्वाचनमा प्यूठान ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशका पूर्व शहरी विकासमन्त्री समेत हुन्।
०३६ देखि ०७४ सम्म प्यूठानबाट क–कसले जिते चुनाव?
०३६ सालमा प्यूठानमा निर्दलले जित्यो। ०४८ सालको निर्वाचनमा जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो।
क्षेत्र नं. १ मा शिवराज सुवेदी र क्षेत्र नं. २ मा मुक्तिप्रसाद शर्मा विजयी भए।
०५१ सालको निर्वाचनमा क्षेत्र नं. १ मा मसालका नवराज सुवेदी विजयी भए। क्षेत्र नं. २ मा उनै शिवराज सुवेदी विजयी भए। ०५६ सालमा दुई वटै निर्वाचन क्षेत्रमा जनमोर्चा विजयी भयो।
क्षेत्र नं. १ मा हरिप्रसाद आचार्य र क्षेत्र नं. २ बाट नवराज सुवेदी विजयी भए।
०६४ सालमा शान्ति प्रक्रियासँगै निर्वाचनमा आएको माओवादीले प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो।
प्यूठानी जनताहरू त्यो बेला माओवादीले ‘कि गोठ, कि नोट, कि भोट’ भन्दै दबाबमा पारेर निर्वाचन जितेको बताउँछन्। त्यो बेला क्षेत्र नं. १ मा नारायणप्रसाद अधिकारी विजयी भए। क्षेत्र नं. २ मा दीपक केसी विजयी भए।
०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने प्यूठानका दुई वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो। क्षेत्र नं. १ मा बामदेव गौतम विजयी भए। क्षेत्र नं. २ मा हिराबहादुर केसी विजयी भए।
त्यसपछि प्यूठान दुई निर्वाचन क्षेत्रबाट एकमा खुम्चियो। अनि ०७४ सालको निर्वाचनमा एमाले, माओवादी र जनमोर्चासहितको गठबन्धन बनेर संघीय चुनावमा जनमोर्चाकी दुर्गा पौडेलले जितिन्।
उनै पौडेल अहिले फेरि गठबन्धनबाट उम्मेदवार बनेकी छिन्। उनी २०७० मा समानुपातिकतर्फबाट संविधान सभा सदस्य भएकी थिइन्।
प्रदेश सभातर्फ एमालेका हरि रिजाल र माओवादीका कृष्णध्वज खड्का निर्वाचित भएका थिए।
असोज २९, २०७९ शनिबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।