लाइसेन्स परीक्षा नदिइ अध्ययन गर्न पाइने बोटो खोल्दै मेडिकल काउन्सिल

लाइसेन्स परीक्षा नदिइ अध्ययन गर्न पाइने बोटो खोल्दै मेडिकल काउन्सिल

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लाइन्सेस परीक्षा नदिइ थप अध्ययन गर्न पाउने बाटो खुलाउने योजना बनाएको छ।

शुक्रबार काउन्सिलले गरेको अन्तरक्रियात्मक कार्यक्रममा काउन्सिलले लाइन्सेस परीक्षा नदिइ थप अध्ययन गर्न पाउने बाटो खुलाउने योजना बनाएको रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

चिकित्सा शास्त्रको एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेका तर चिकित्सकीय अभ्यास र चिकित्सा पेशा गर्न नचाहने व्यक्तिका लागि काउन्सिलले चिकित्सा सेवा बाहेकका विषयमा उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था गर्न लागेको हो।

‘बिरामी जाँच्न नचाहने लागि अन्य विषयको अध्ययन गर्न पाउने गरी व्यवस्थाको पहल गर्दैछौं,’ डा. अधिकारीले भने, ‘तर, त्यस्तो व्यक्तिले लाइसेन्स विषयको परीक्षामा भने भाग लिन पाइरहनेछ।’

यसका लागि चिकित्सा शिक्षा आयोग, चिकित्सा शास्त्र अध्ययन गराउने विश्वविद्यालय तथा प्रतिष्ठानहरूसँग  छलफल चलाइरहेको उनले बताए।

उनका अुनसार अहिले एमबीबीएस र बीडिएस उत्तीर्ण गरेका तर काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण नगरी चिकित्सा शास्त्रलगायत कुनै पनि विषयमा स्नातकोत्तर तह अध्ययन गर्न पाइँदैन।

अहिले करिब एक हजारदेखि १५ सय विद्यार्थी काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएर बसेका छन्।

रजिष्ट्रार अधिकारीले काउन्सिलको लाइसेन्स परीक्षा प्रणाली गुणस्तरीय भएकै कारणले धेरै विद्यार्थी सो परीक्षामा अनुत्तीर्ण हुने गरेको बताए।

असोज २८, २०७९ शुक्रबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।