इराकको राष्ट्रपतिमा ७८ वर्षीय रशिद निर्वाचित

इराकको राष्ट्रपतिमा ७८ वर्षीय रशिद निर्वाचित

एजेन्सी: इराकको राष्ट्रपतिमा अब्दुल लाटिफ रशिद निर्वाचित भएका छन्। संसद्मा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए।

नयाँ राष्ट्रपति चयनका लागि संसद्मा दुई पटक मतदान भएको थियो।

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ। नवनिर्वाचित राष्ट्रपति रशिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नेछन्। रशिदले उनैलाई पराजित गरेका हुन्।

मतदानमा सहभागी सांसदहरूमध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रशिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए।

नवनिर्वाचित राष्ट्रपति रशिद अहिले ७८ वर्ष पुगेका छन्। उनी यसअघि सन् २००३ देखि २०१० सम्म जलश्रोतमन्त्री भएका थिए।

असोज २८, २०७९ शुक्रबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।