अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह

अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह

एजेन्सी : अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ।

सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिएका विशेष प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय सूचारु गर्न माग गरे।

उनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको शैक्षिक स्तरमा वृद्धि हुनुपर्नेमा जोड दिए।

सामाजिक सञ्जाल ट्वीटरमा पनि उनले विद्यालयहरू तत्काल खुल्नुपर्ने र बालिकाहरूलाई विद्यालयमा पहुँच हुनुपर्ने उल्लेख गरे।

उनले भने, ‘देशभरका सबै विद्यालयहरू तत्काल खुल्न आवश्यक छ, विद्यालय जान चाहेका सबै बालबालिकाहरूलाई विद्यालय गएर पढ्न पाउने व्यवस्था हुनुपर्दछ।’

बालिकाहरूमाथि विभेद हुँदै आएकाले बालिकाहरूलाई उनीहरूको उमेर अनुसारको शिक्षा उपलब्ध गराउन पनि उनले आग्रह गरेका हुन्।

असोज २७, २०७९ बिहीबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।