प्रतिनिधि सभाका लागि २४ सय १२ जना प्रतिस्पर्धामा, प्रदेशतर्फ ३२ सय २४ [अन्तिम नामावलीसहित]
काठमाडौं: मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको टुङ्गो लागेको छ। निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन आयोगले हिजो उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।
जसअनुसार प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमा दुई हजार ४१२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। मनोनयन फिर्ता लिने अन्तिम समय हिजो ११९ जनाले मनोनयन फिर्ता लिएका छन्।
यता प्रदेश सभातर्फको ३३० निर्वाचन क्षेत्रमा तीन हजार २२४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। हिजो २५७ जनाले आफ्नो मनोनय फिर्ता लिए।
आयोगका अनुसार उम्मेदवारी दिनेहरूमा प्रतिनिधि सभातर्फ दुई हजार १८७ पुरुष छन्। २२५ जना महिला छन्। यता प्रदेश सभातर्फ दुई हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला छन्।
आयोगका अनुसार अन्यमा एक जना रहेका छन्।
यस्तो छ प्रतिनिधि सभाका उम्मेदवारहरूको अन्तिम नामावली
यस्तो छ प्रदेश सभाका उम्मेदवारहरूको अन्तिम नामावली
असोज २७, २०७९ बिहीबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।