रुसी सेनाले घेरेपछि युक्रेनको आणविक केन्द्र जोखिममा

रुसी सेनाले घेरेपछि युक्रेनको आणविक केन्द्र जोखिममा

एजेन्सी: युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्र जोखिममा परेको छ। संयुक्त राष्ट्रसङ्घका आणविक पर्यवेक्षक प्रमुखले रुसी सेनाले घेरिएको आणविक केन्द्रले पाँच दिनमा दोस्रो पटक महत्त्वपूर्ण सुरक्षा प्रणाली गुमाएकाले सुरक्षा जोखिममा रहेको बताएका हुन्।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा विद्यमान जोखिम एवम् अवरोधबारे अनुगमनकर्ताहरूले जानकारी दिएको जनाउँदै डिजेल जेनेरेटरले आणविक सुरक्षा र सुरक्षा उपकरण सञ्चालनमा रहेका बताए।

उक्त केन्द्रको वर्तमान अवस्था आणविक सुरक्षाका दृष्टिले चिन्ताजनक रहेको महानिर्देशक ग्रोसीले जनाएका छन्।

असोज २६, २०७९ बुधबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।