बागमती प्रदेशमा २७ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण, २१ जनाको मृत्यु

बागमती प्रदेशमा २७ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण, २१ जनाको मृत्यु

काठमाडौं: बागमती प्रदेशमा हालसम्म २७ हजार ७५० जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमणबाट हालसम्म प्रदेशमा २१ जनाको मृत्यु भएको छ।

प्रदेशको १३ जिल्लामध्ये काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको निर्देशनालयले जनाएको छ। काठमाडौंमा ११ हजार ४६७ र रसुवामा सात जना सङ्क्रमित भएको जनाइएको छ।

निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६०४, भक्तपुरमा दुई हजार १०८, चितवनमा एक हजार १६९, धादिङमा ६३८, काभ्रेमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेङ्गु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ।

त्यस्तै प्रदेशमा हालसम्म काठमाडौंमा सात, सिन्धुली र रामेछाप तीन/तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई/दुई, भक्तपुर र धादिङमा एक/एक जनाको मृत्यु भएको छ।

असोज २६, २०७९ बुधबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।