दक्षिण काेरियामा दैनिक ३० हजार जनामा काेराेना संक्रमण

दक्षिण काेरियामा दैनिक ३० हजार जनामा काेराेना संक्रमण

एजेन्सी : दक्षिण कोरियामा दैनिक ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार मध्यरातिको तथ्यांकअनुसार ३० हजार पाँच सय ३५ जनामा संक्रमण देखिएको हो।

अघिल्लो २४ घन्टामा यहाँ त्यो सङ्ख्यामा संक्रमित देखिएका यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। 

सोमबारका तुलनामा १५ हजार भन्दा बढी संक्रमित मंगलबार थपिएका हुन्।

गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा संक्रमितहरू देखिने गरेका थिए। त्यसका तुलनामा अहिले पुनः सङ्क्रमितहरू बढ्न थालेका हुन्।

पछिल्ला दुई दिनमा १५ जना संक्रमितको ज्यान गएसँगै यहाँ यसबाट ज्यान गुमाउनको संख्या २७ हजार सात सय २३  पुगेको छ।

असोज २६, २०७९ बुधबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।