रुसमा ‘आतंकवादी एवं अतिवादी’को सूचीमा 'मेटा'

रुसमा ‘आतंकवादी एवं अतिवादी’को सूचीमा 'मेटा'

एजेन्सी : रुसले फेसबुक र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटालाई ‘आतंकवादी एवं अतिवादी’ सूचीमा राखेको छ।

रुसको वित्तीय अनुगमन एजेन्सी रोसफिन मोनिटरिङले अमेरिकी विशाल प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा थपेको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको हो।

युक्रेनमा रुसको सैन्य अभियानका क्रममा मेटाले गत मार्च १० मा ‘रुसी आक्रमणकारीहरूलाई मृत्यु’ जस्ता विज्ञप्तिहरू पोष्ट गर्ने अनुमति दिने घोषणा गरेको थियो।

तर, त्यस्ता पोष्ट युक्रेनभित्रबाट पोष्ट गर्ने प्रयोगकर्ताहरूमा मात्र लागू हुने बताइएको थियो। इन्स्टाग्राम रुसमा विशेष लोकप्रिय छ र विज्ञापन एवं बिक्रीका लागि यो एक महत्वपूर्ण प्लेटफर्म हो।

मंगलबारको निर्णयले मेटालाई दक्षिणपन्थी राष्ट्रवादी समूहहरू, तालिबान, विदेशी आतंकवादी संगठन र रुसी विपक्षी समूहहरूको सूचीमा राख्ने भएको छ।

असोज २६, २०७९ बुधबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।