हामीबाट चुनावी प्रचार–प्रसारको आशा नगर्नुस् : हरिवंश आचार्य

हामीबाट चुनावी प्रचार–प्रसारको आशा नगर्नुस् : हरिवंश आचार्य

काठमाडौं : कलाकार हरिवंश आचार्यले आफूहरूमार्फत् चुनावी प्रचार–प्रसारको आशा नगर्न अनुरोध गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन नसक्ने बताएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्-

कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कति सङ्ग गहिरो मित्रता हुन्छ । कति संग नाता गासिएको हुन्छ ।

देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता , ति नाता र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो । मलाई चुनाबमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर । तर हामी सबै राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्ह रोज्ने भन्ने कुरा स्वविवेक हो ।

तर कसैको पक्षमा भोट माग्न , कसैको प्रचारक हुन सकिँदैन यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता ,आत्मियता , नातालाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु। "

 

असोज २५, २०७९ मंगलबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।