ससुराली जाँदा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

ससुराली जाँदा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

मोरङ : १४ वर्षीया बालिका बलात्कारको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–१ घर भएका ३९ वर्षीय उत्सव आचार्य रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मोरङ ग्रामथान गाउँपालिका–२ स्थित ससुराली घर गएका आचार्यले शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरी चौकी झोराहाटले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज २३, २०७९ आइतबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।