पेट्रोल पम्पमा विस्फोट, नौ जनाको मृत्यु

पेट्रोल पम्पमा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी : आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ।

गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

‘क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ,’ विज्ञप्तिमा भनिएको छ।

विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ। शुक्रबारको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या रातारात तीनबाट बढेर सात पुगेको हो।

आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो।

विष्फोटपछि खिचिएको तस्वीरमा पेट्रोल पम्पको भवन ध्वस्त भएको देखिएको छ। विस्फोटका कारण दुई तल्ले आवासीय भवन भत्किएको थियो भने नजिकैको यस्तै भवनको अग्रभाग भत्किएको थियो।

घटनास्थलबाट करिब १५० मिटरको दूरीमा रहेको घरका बासिन्दा किरन गालाघेरले घटनामा शक्तिशाली बम विस्फोट प्रयोग गरिएको हुनसक्ने बताए।

असोज २२, २०७९ शनिबार २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।