इक्वेडरको एक जेलमा लागूऔषध कारोबारीहरूबीच दङ्गा, २१ जनाको मृत्यु

इक्वेडरको एक जेलमा लागूऔषध कारोबारीहरूबीच दङ्गा, २१ जनाको मृत्यु

एजेन्सीः इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ। ६६ जना घाइते भएका छन्।

बुधबार राति जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या २१ पुगेको जेलका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनका अनुसार इक्वेडरको दक्षिणपश्चिमी सहरको गावाकील भन्ने स्थानमा रहेको जेलमा बन्दीहरूकाबीचमा झडप भएको थियो। झडपमा परेर बुधबार केहीको ज्यान गएको थियो। घाइतेहरूमध्ये थपको ज्यान गएको हो।

लागूऔषधका कारोबारीहरूलाई राखिएको जेलमा दुई पक्षबीच झडप भएको हो। झडपपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। दुवै पक्षले आपसमा झगडा गर्ने र जेलका पूर्वाधारहरू तोडफोड गर्न खोजेको थिए।

असोज २१, २०७९ शुक्रबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।