बलिउड अभिनेता अरुण बालीको ७९ वर्षको उमेरमा निधन
एजेन्सी : बलिउडका चर्चित तथा लोकप्रिय अभिनेता अरुण बालीको निधन भएको छ।
‘थ्री इडियट्स्’ जस्ता चलचित्रमा अभिनय गरेका बालीको शुक्रबार बिहान ४ः३० बजे मुम्बईको उपनगरस्थित उनको निवासमा निधन भएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन्।
बाली ७९ वर्षका थिए। उनका छोरा अंकुशका अनुसार माइस्थेनिया ग्रेभिस नामक अटोइम्यून रोग स्नायु र मांसपेशीबीचको सञ्चारमा समस्या भएकोले उनलाई यसवर्षको सुरुमा अस्पतालमा भर्ना गरिएको थियो।
उनले बालीले प्रख्यात फिल्म निर्माता लेख टन्डनको टिभी कार्यक्रम ‘दुसरा केवल’बाट सुपरस्टार शाहरुख खानको काकाको रूपमा अभिनयको सुरुवात गरेका थिए।
उनका केही चर्चित फिल्महरूमा ‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट पृथ्वीराज’, र ‘लाल सिंह चड्ढा’ रहेका छन्।
उनको अन्तिम फिल्म ‘गुडबाइ’, जसमा अमिताभ बच्चन र रश्मिका मन्डन्ना पनि छन्। गुडबाइ शुक्रबार रिलिज भएको छ। बालीका एक छोरा र तीन छोरी छन्।
असोज २१, २०७९ शुक्रबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।