यस वर्षको नोबेल साहित्य पुरस्कार एनी एर्नोलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार एनी एर्नोलाई

एजेन्सी : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ।

उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गरेकी छन्। एर्नोले व्यावसायिक लेखन थाल्नुपहिले एक शिक्षिकाका रूपमा काम गरेकी थिइन्।

उनले  ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।

नोबेल पुरस्कार कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताएको र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताए।

असोज २०, २०७९ बिहीबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।