दशैंको नवमीमा दाङमा डुबेर दुई जना बालकको मृत्यु
बुटवलः दाङमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका–४ अर्नहवा निवासी १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विक रहेको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालले जानकारी दिए।
मंगलबार दिउँसो पाँच जना साथी मिलेर लमही नगरपालिका–६ स्थित अर्जुनखोलमा पौडी खेल्न गएका मध्य दुई जनाको मृत्यु भएको हो।
नुहाउने क्रममा बालक डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी नायव निरीक्षक ढकालको कमान्डमा उद्धारका लागि शसस्त्र प्रहरीको टोली घटना स्थलमा पुगेको थियो।
असोज १८, २०७९ मंगलबार २०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।