भारतमा हिमपहिरोमा परी चार आरोहीको मृत्यु, २९ जना घाइते

भारतमा हिमपहिरोमा परी चार आरोहीको मृत्यु, २९ जना घाइते

एजेन्सी :भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको छ।

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब ४,८८० मिटर अग्लो स्थानमा उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन्।

फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको तथा बाँकी एक हिउँले बनेको चिरूवाभित्र फसेको राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवाललाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

आफूहरूले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेको उनले बताए। मौसमले साथ दिएसम्म र फसेकाहरू सुरक्षित नभएसम्म उद्धार जारी रहने उनको भनाइ छ। उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरू पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो।

असोज १८, २०७९ मंगलबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।