डेंगु सङ्क्रमितलाई सङ्ख्या ३१ हजार, ४१ जनाको मृत्यु

डेंगु सङ्क्रमितलाई सङ्ख्या ३१ हजार, ४१ जनाको मृत्यु

काठमाडौँ :  डेंगुबाट हालसम्म ३१ हजार बढी सङ्क्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार यो सङ्क्रमण ७६ जिल्लामा पुगिसकेको छ।

मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणका कारण साउनयता ४१ जनाको मृत्यु भइसकेको छ।
सात प्रदेशअन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ।  ३१ हजार १ सय ३ जना डेंगु सङ्क्रमित भएका छन्। सबैभन्दा बढी डेंगु सङ्क्रमित काठमाडौँ उपत्यकामा छन्।

डेंग मानिसबाट मानिसमा सर्ने रोग होइन। यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ। यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भए पनि सरकारी तयारीको अभावमा सङ्क्रमण रोकिएको छैन।
काठमाडौँ लगायतका अधिकांश जिल्लामा त डेंगु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियान समेत थालिएको छैन। 

असोज १८, २०७९ मंगलबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।