उत्तर कोरियाले जापानमा हान्यो ब्यालेस्टिक मिसाइल, जापानी प्रधानमन्त्रीले भने- 'हिंस्रक व्यवहार'

उत्तर कोरियाले जापानमा हान्यो ब्यालेस्टिक मिसाइल, जापानी प्रधानमन्त्रीले भने- 'हिंस्रक व्यवहार'

एजेन्सी: उत्तर कोरियाले जापानको उत्तरी भागमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। मिसाइल जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो।

मिसाइल प्रहारपछि जापानी सरकारले होक्काइडो टापुका मानिसहरूलाई सुरक्षित रहन अनुरोध गरेको थियो। यस्तै केही रेल सेवाहरू अस्थायी रूपमा सञ्चालन बन्द गरिएको थियो।

"उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ। कृपया भवनहरू वा भूमिगत खाली गर्नुहोस्," जापानी सरकारले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल हमला हो।जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रक्षेपणलाई "हिंस्रक व्यवहार" भनेका छन्। जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बोलाएको छ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। कुनै पूर्व चेतावनी वा परामर्शबिना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन हो।

असोज १८, २०७९ मंगलबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।