साइतका कारण दिउसै भित्र्याइयो फूलपाती

साइतका कारण दिउसै भित्र्याइयो फूलपाती

काठमाडौँ : दशैँको सातौँ दिन आज घर-घरमा फूलपाती भित्रँदै छ। आज साढे २ बजेसम्म मात्र फूलपातीको साइत भएकाले दिउसै फूलपाती भित्राइएको छ।

फूल, केराको पात, अदुवाको पातसहितको मुठासँगै घरको मुलढोकाबाट जमरा राखेको कोठासम्म फूलपाती भित्र्याउने गरिन्छ। साँझतिर घाम अस्ताउनु अगाडि घर-घरमा फूलपाती भित्र्याउने गरिए पनि साइतका कारण यो पाली भने दिउसै भित्राइएको हो।

 

 

असोज १६, २०७९ आइतबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।