फिल्म रिलिजको समयमा सैफ अली खानको भिडियो भाइरल, भने ‘म वामपन्थी हुँ’

फिल्म रिलिजको समयमा सैफ अली खानको भिडियो भाइरल, भने ‘म वामपन्थी हुँ’

एजेन्सी : बलिउड अभिनेता सैफ अली खान अहिले आफ्नो फिल्म ‘विक्रम वेधा’ लाई लिएर चर्चामा छन्।

बहिस्कारकाे बावजुद रिलिज भएको फिल्मले पहिलो दिन २० करोड रूपैयाँ कमाएको बलिउडलाइफले जनाएको छ।

उनको फिल्म रिलिज भएकै समयमा उनको एक पुरानो भिडियो भाइरल भएको छ, जसका कारण उनको चर्चा अझै बढेको छ।

सैफ अली खानले हालैको एक अन्तर्वार्तामा ‘विक्रम वेधा’मा आफूले खेलेको पात्रको बारेमा असहमति व्यक्त गरेका छन्। रियल लाइफमा यो क्यारेक्टरसँग आफू बिल्कुलै सहमत नभएको उनले बताए।

फिल्ममा उनी  इन्काउन्टर स्पेशलिस्टको भूमिकामा छन्। यसपछि उनले अन्तर्वार्तामा भनेका कुराको निकै चर्चा भएको छ।

‘मलाई लाग्छ म वामपन्थतर्फ झुकाव राख्छु, यस्ता कुराहरू मैले अहिले भन्न नहुने हो,’ उनले भने, ‘म फिल्मको मेरो पात्रभन्दा बिल्कुलै फरक मान्छे हुँ।’

यसबाहेक उनले फेक इन्काउन्टरको बारेमा पनि आफ्नो राय दिएका छन्।

‘कथित अपराधीलाई भाग्न खोज्दा मारिएको हो वा हत्या गरिएको हो भन्नेबारे देखाइएको छैन,’ उनले भने।

कागजी कारबाही गरेपछि फरार भएकाले मार्नुपरेको बताइएको छ। यसलाई इन्काउन्टर भनिन्छ। तर, यो ‘फेक इन्काउन्टर’ हो।

असोज १५, २०७९ शनिबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।