जेब्राकसमै पैदलयात्रीलाई ठक्कर दिएर हुँइकियो सरकारी गाडी, क्षेत्री भन्छन्– ‘सम्झाको हुँ’
बुटवल : लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री सवार सरकारी गाडीले जेब्रा क्रसमा एक पैदलयात्रीलाई ठक्कर दिएको छ।
तिलोत्तमा स्थित ड्राईभरटोलमा रातो ट्राफिक बत्ती बलेपछि जेब्रा क्रस गरिराखेका छविलाल अधिकारीलाई क्षेत्री सवार बा २ झ ३०८५ नम्बरको गाडीले ठक्कर दिएको हो। ठक्कर दिनेबित्तिकै गाडी भागेको थियो।
पैदलयात्री अधिकारीले रातो लाइट बलेपछि जेब्रा क्रसबाटै बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएर भागेको बताए। अधिकारीलाई सामान्य चोट लागेको छ।
प्रत्यक्षदर्शीका अनुसार क्षेत्री सवार भैरहवा जान हिँडेको उक्त गाडी लेन मिचेर सबैभन्दा दायाँको लेनमा पुगेको थियो। गाडीले लेन मिचेर आएको उनीहरूले बताए।
उपाध्यक्ष बामदेव क्षेत्रीले भने आफूले ठक्कर दिएर भागेको नभई बाटो पार गर्दा ध्यान दिएर हिड्न सम्झाएको बताए।
असोज १४, २०७९ शुक्रबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।