डेंगुबाट थप २ जनाको मृत्यु, ५४० जना नयाँ संक्रमित थपिए

डेंगुबाट थप २ जनाको मृत्यु, ५४० जना नयाँ संक्रमित थपिए

काठमाडौंः नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणकै कारण ज्यान गएको हो। योसँगै नेपालमा डेंगु लागेर ज्या गुमाउनेको संख्या ३८ पुगेको छ।

यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टिभएसँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ। यो गत साउन १ गतेदेखि असोज १२ गतेसम्मको तथ्यांक हो।

मन्त्रालयका अनुसार डेंगु बागमती प्रदेशमा सबैभन्दा बढी २१ हजार ९७५ जनामा फैलिएको छ। त्यसपछि लुम्बिनीका ३ हजार १२५, सुदूरपश्चिमका ८५०, प्रदेश १ का ८२९, गण्डकीका ६७७, मधेशका ४१३ र कर्णालीका २३८ जनामा संक्रमण पुष्टि भएको छ।

देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाे मन्त्रालयले जनाएकाे छ।

असोज १३, २०७९ बिहीबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।