अमरेशको क्षेत्रबाट टिकट पाउने भएपछि लोसपा नेतृ चौधरी कांग्रेसमा गइन्

अमरेशको क्षेत्रबाट टिकट पाउने भएपछि लोसपा नेतृ चौधरी कांग्रेसमा गइन्

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरीले पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। उनलाई बुधवार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टी सदस्यता दिए।

डा अमरेश कुमार सिंह कारबाहीमा परेपछि उनले सर्लाही–४ मा टिकट पाउने निश्चित भएपछि उनी कांग्रेस प्रवेश गरेकी हुन्। सर्लाही–४ बाट कांग्रेस महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरेको थियो।

चौधरी सांसद समेत पूर्वमन्त्री समेत हुन्। उनी लोसपामा कार्यकारिणी सदस्य थिइन्। उनी पार्टीमा महन्थ ठाकुर निकट नेतृको रूपमा परिचित थिइन्। उनी समानुपातिकबाट सांसद भएकी थिइन्। उनी यस पटक पार्टीको समानुपातिकमा परिनन्। 

असोज १२, २०७९ बुधबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।