चीनमा भूकम्प परेर बेपत्ता युवकको १६ दिनपछि जीवितै उद्धार

चीनमा भूकम्प परेर बेपत्ता युवकको १६ दिनपछि जीवितै उद्धार

एजेन्सीः चीनमा भूकम्पमा परेर बेपत्ता भएको १७ दिनपछि जीवितै उद्धार गरिएको छ।

चीनको सिचुवान प्रान्तमा ५ सेप्टेम्बरमा आएको ६.६ रेक्टर स्केलको भूकम्पमा परेर ९३ मानिसको मृत्यु भएको थियो भने ४ सय भन्दा धेरै मानिस घाइते भएका थिए।

स्थानीय मिडियाका अनुसार गेन यू नामका व्यक्ति हाइड्रोपावर प्लान्टमा अन्य व्यक्तिको मद्दत गर्न जाँदा छुटेका थिए। चश्मा हराउँदा उनी कयौं दिन पहाडी क्षेत्रबाट निस्कन सकेका थिएनन्।

बुधबार एक स्थानीयले यूलाई घाइते अवस्थामा भेटिएका थिए। यू आफ्नो एक साथीहरूलाई प्राथमिक उपचार दिन र बाँधबाट पानी छोडेर बाढी रोक्न ५ सेप्टेम्बरमा वांडोङ्ग हाइड्रो पावर प्लान्टमा रोकिएका थिए।

गेन यूको साथी लुओले आफ्नो कपडालाई लौरोमा बाँधेर मद्दत मागेका थिए।

असोज ६, २०७९ बिहीबार २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।