पुटिनले युक्रेनमा लड्न सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रुस छोड्नेको सङ्ख्या ह्वात्तै बढ्यो

पुटिनले युक्रेनमा लड्न सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रुस छोड्नेको सङ्ख्या ह्वात्तै बढ्यो

एजेन्सी: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्न उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएका छन्। उनले चेतावनीसँगै जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि यतिबेला रुस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्या ह्वात्तै बढेको छ।

एयरलाइन्स र ट्राभल एजेन्टको तथ्याङ्कअनुसार यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्णरूपमा बुकिङ भइसकेको छ। एभियासेल्स वेबसाइटका अनुसार अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका शहरहरूमा हुने सिधा उडानहरूको टिकट पूरै बिक्री भएका छन्।

टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा बताएअनुसार रुस जाने र आउने उडानहरूमा इस्तानबुल विमानस्थलका लागि शनिबारसम्म सबै टिकट बुक भएका छन्।

यता रुसका रक्षामन्त्री सर्गेई शोइगुले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन्। यसैले गर्दा नागरिकमा सैन्य शासन लागू हुनसक्ने चिन्ताले उनीहरू रुसबाहिर जान लागेका हुन्।

असोज ६, २०७९ बिहीबार ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।