‘प्रेम गीत ३’ टीममाथि दीपकको कटाक्ष– ‘आफू मात्र राज गर्ने हो?’
काठमाडौंः अभिनेता तथा निर्माता दीपकराज गिरीले ‘प्रेम गीत ३’को टीममाथि कटाक्ष गरेका छन्।
‘प्रेम गीत ३’ टीमले सबैलाई गाली गरेर फिल्म चलाउन खोजेको आरोप लगाउँदै उनले आफू मात्र राज गर्ने हो भन्दै प्रश्नसमेत गरेका छन्।
उनले श्रृंखलाबद्ध रूपमा भुवन केसी, अनमोल केसी, झरना थापा आफू र सरोज खनालप्रति प्रहार भएकोमा असन्तुष्टि व्यक्त गर्दै राम्रो हाइप हुँदा–हुँदा सामान्य दर्शकलाई गालीगलौजमा उतारेको बताएका छन्।
‘यति राम्रो हाइप हुँदाहुँदै के गर्या यो? आफ्नो मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर,’ उनले लेखेका छन्, ‘सबैलाई सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने? अनि आफू मात्र राज गर्ने हो?’
निर्माता गिरिले हिन्दी भाषाको फिल्ममा सरकारले भनेअनुसारको कर तिर्न र नेपाली भाषाको फिल्मबाट एक्स्ट्रा छुट माग्नसमेत सुझाव दिएका छन्। हरेक दिन मिडियामा आएर हंगामा मच्चाउन आवश्यक नभएको भन्दै उनले आफ्ना समर्थकलाई सभ्य हुन सिकाउन समेत आग्रह गरेका छन्।
उनले सकिन्छ भने भेटेरै बहस गर्नसमेत आह्वान गरेका छन्।
असोज ४, २०७९ मंगलबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।