बुधबार २० फागुन, २०८२
काठमाडौंमा बढ्यो कपाल काटेको मूल्य
काठमाडौंः नेपाल नाई संघले कपाल काटेको मूल्य बढाएको छ।
घरभाडासहित लागत खर्च बढेको भन्दै संघले काठमाडौं उपत्यकामा असोज १ गतेबाट दाह्री र कपाल काटेको शुल्क बढाएको हो।
अब कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रूपैयाँ तिर्नुपर्नेछ भने दाह्री काटेको शुल्क पनि १२० देखि १५० रूपैयाँ निर्धारण गरिएको छ।
काठमाडौंमा कोठा भाडासँगै महँगी बढेकाल उपत्यकामा मात्र बढाइएको संघका उपत्यका समितिका अध्यक्ष राजेश ठाकुरले जानकारी दिए।
यसअघि कपाल काटेको शुल्क १५० रुपैयाँ थियो।
असोज ३, २०७९ सोमबार १८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।