प्रदीप खड्का, दीपकराज गिरी हुँदै नीर शाहसम्मलाई मानपदवी–अलङ्कार, अरु क–कसले पाए?

प्रदीप खड्का, दीपकराज गिरी हुँदै नीर शाहसम्मलाई मानपदवी–अलङ्कार, अरु क–कसले पाए?

काठमाडौंः संविधान दिवस पारेर गृह मन्त्रालयले सार्वजनिक गरेको मानपदवी र पदक पाउने ९ सय ९८ जनाको सूचीमा कलाकार र गायक गायिकासमेत अटाएका छन्। पदककाे सूचीमा भने कुनै पनि कलाकारकाे नाम अटाएन।

मानपदवी अन्तर्गत सुकीर्तिमय राष्ट्रदीपबाट वरिष्ठ कलाकार नीर शाह, कलाकारहरू राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गायक नन्दकृष्ण जोशी विभुषित हुने गृह मन्त्रालयले जनाएको छ।

यस्तै, सुप्रबल जनसेवाश्री मानपदवी कलाकार तथा निर्देशकत्रय प्रदीप लाल श्रेष्ठ, दीपकराज गिरी र अशोक शर्मा, संगीतकार शम्भु राई, आलोक श्री र दीपक जंगम, गायक आनन्द कार्की, गायिका ज्ञानु राणा, अभिनेता अर्जुन श्रेष्ठ पाउने भएका छन्।

त्यसैगरी, कीर्तिमय राष्ट्रदीप मानपदवी कलाकार मिथिला शर्माले पाउनेछिन्। यो सूचीमा कला क्षेत्रबाट उनको मात्र नाम समावेश छ।

प्रबल जनसेवाश्री मानपदवी अभिनेता तथा निर्देशक निर्मल शर्मा, कलाकार निरुता सिंह, कलाकार नगेन सिंह ठकुरी, संगीतकार चेतन सापकोटा, चरित्र अभिनेता विराज भट्ट, कलाकार दयाहाङ राई, संगीतकार मिलन मोक्तान, गीतकार डा. धर्मराज उपाध्याय, गायक सिताराम पोखरेल, नाट्यकर्मी जीतबहादुर देउजा, गायिका सत्यकला राईले पाउँदैछन्।

जनसेवाश्री मानपदवी गीतकार बद्री पाण्डे, कलाकार प्रदीप खड्का, गायक तथा संगीतकार कमल सुनार, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार दीपक श्रेष्ठ, चलचित्र निर्देशक माधवराज खरेल, नृत्य निर्देशक शिव विकले पाउँदैछन्। 

यस्तै, चलचित्र निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत (बिक्रान्त), गायक भूपेन्द्र थापा, गायक कुलमान नेपाली, कलाकार अजराज बम, गीतकार डिल्ली नारायण पाण्डे, गायक सुरेश कुमार नेपाल परियार (एस कुमार), संगीतकार सानुकान्छा शाहीले पनि जनसेवाश्री मानपदवी पाउनेछन्।

त्यसैगरी, अलङ्कारअन्तर्गत नेपाल सेवा प्रवीणबाट कलाकारहरू सानु कान्छा शाही (विक्रम जंग शाही), प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, गायकहरू नविन पौडेल र किरण गजमेर विभुषित हुँदैछन्।

असोज ३, २०७९ सोमबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।