ओस्करमा प्रतिस्पर्धा गर्न छानियो ऐना झ्यालको पुतली

ओस्करमा प्रतिस्पर्धा गर्न छानियो ऐना झ्यालको पुतली

काठमाडौँ : ओस्कर अवार्डमा नेपालबाट प्रतिस्पर्धाका लागि फिल्म 'ऐना झ्यालको पुतली' छनौट भएको छ। आवेदन दिएका ' प्रकाश' र 'राधा' लाई पछि पार्दै छनोट समितिले सोमबार 'ऐना झ्यालको पुतली' लाई अमेरिकामा अर्को वर्ष हुने ओस्कर अवार्डको ९५औँ संस्करणका लागि पठाउने निर्णय गरेको हो।

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा ओस्कारका लागि फिल्म छान्न विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति छ। समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली 'कपिल'र चिरञ्जीवी गुरागाईँ सदस्य छन्।

हरेक वर्ष ओस्करमा प्रतिस्पर्धा गर्न नेपाली फिल्म छानिने गरे पनि नेपालको प्रतिनिधित्व औपचारिकतामै मात्र सीमित भइरहेको छ।

असोज ३, २०७९ सोमबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।